२९ बैशाख २०८१, शनिबार

कलिलो उमेरमै भलमन्सा



सुखड । २३ वर्षीय अविवाहित प्रेम चौधरी अहिले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ ऐठा गाउँको भलमन्साका रूपमा काम गरिरहेका छन् । उनी खप्तड बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् ।

प्रेम चौधरी

गाउँमा बढीजसो उमेर ढल्किदै गरेका व्यक्ति मात्र भल्मन्सा रहेकोमा एक सय १३ घरधुरी र छ सय ६९ जनसंख्या रहेको ऐंठागाउँमा प्रेम भलमन्साका रूपमा प्रभावकारी ढंगले दायित्व निर्वाह गरिरहेका छन् । सो गाउँमा पहाडी समुदायका नौ घरधुरी रहेका छन् ।
थारू समुदायमा हरेक वर्षको माघ महिनामा एक जना भल्मन्सा र एक वा दुई जना चिराकी (चौकीदार) तथा एक जना गुरुवा (पुजारी) चुन्ने प्रचलन रहेको छ ।
प्रेम चौधरी गाउँको भल्मन्सा भएको दुई वर्ष भएको छ । सानै उमेरमा धेरै बोल्ने र चञ्चले स्वभावका उनी गाउँमा रहेको बाल क्लवमा आवद्ध भएर काम गर्न थालेका हुन् ।
उनी अहिले पारस्परिक जबाफदेहीता परियोजना मार्फत गठन भएको मसुरिया रेडियो श्रोता समूहका सहकर्ता पनि हुन् ।
उनले सुरुसुरुमा काम गर्दा केही समस्या आएको बताए । अहिले उनी गाउँमा सामाजिक तथा विकास कार्यमा बढि समय दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार