१२ श्रावण २०८१, शनिबार

राजमोको नगर भेला



टीकापुर । राष्ट्रिय जनमोर्चा टीकापुरको नगर भेलाले आज यमनारायण पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष ध्रुवबहादुर, शाह सचिव नरेशराज गिरी, कोषाध्यक्ष विनोद केसी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सीमा कठरिया, जयधर्म न्यौपाने, संगिता चौधरी, कित्रकला बिक, उमा सज्याल, समीक्षा सिंह, सिरन साउँद, कविता भट्ट चयन भएका छन् भने सदस्यको एक पद रिक्त रहेको छ ।
कार्यक्रमको राजमोका पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश नम्बर ७ का सचिवाय सदस्य तिलक परियारले उद्घाटन गरेका थिए ।
नवराज सज्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन नरेशराज गिरीले गरेका थिए । कार्यक्रममा जिल्ला उपाध्यक्ष दयाराम सज्याल, टेकराज न्यौपाने, अनेशिस जिल्ला सहसचिव नवराज सज्याल, रक्तिम कैलाली जिल्ला सदस्य सिर्जना परियार, अखिल छैठौंका निरज विकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार