१५ मंसिर २०७९, बिहीबार

कैलारीद्वारा बोटविरुवा वितरण



हसुलिया । कैलारी गाउँपालिकाले हरियाली बचाउन र नदी कटान रोक्न छ हजार बोटविरुवा वितरण गरेको छ ।
गाउँपालिकाले वडा कार्यालय मार्फत जनतालाई बोटविरुवा वितरण गरेको हो । जनतालाई लिप्टिस, अशोक र डालेघासका बोटवितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सो गाउँपालिकाले प्रधानमन्त्रीको एक नेपाली एक फलफूल कार्यक्रम अन्तर्गत एक हजार एक सय आँपका बोट पनि वितरण गरिएको गाउँपालिकाका योजना अधिकृत योगेन्द्रबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्