१२ श्रावण २०८१, शनिबार

प्रदेश सम्पन्न भएमात्र देश समृद्ध हुन्छ– मन्त्री सोडारी



धनगढी । प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नेपाल समृद्ध बन्नका लागि प्रदेश समृद्ध हुनैपर्ने बताएका छन ।
१५ औं निजामती कर्मचारी दिवसको अवसरमा शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा मन्त्री सोडारीले देश समृद्ध गर्न काठमाडौं जत्तिकै बाजुरा, दार्चुला जस्ता जिल्लाप्रति समान दृष्टिकोण रहनु पर्ने बताए ।
उनले संघीय सरकारले अधिकार र पर्याप्त बजेट नदिएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको दोहोर्‍याए । उनले भने– “प्रदेश सरकारले संविधानले दिएका अधिकार पनि प्रयोग गर्न पाएको छैन । शिक्षा र सामान्य प्रशासन मन्त्रालयमा सयौं कर्मचारी छन, तर हाम्रो प्रदेशमा आउनै मान्दैन्न ।” मन्त्री सोडारीले कर्मचारीहरू काठमाडौमैं केन्द्रीत हुने भएपछि मुलुकको समृद्धि सम्भव नहुने बताए ।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद विडारीले कर्मचारीलाई संघियता कार्यान्वयन गर्न र जनताको घरदैलोमा गएर सेवा गर्न निर्देशन दिए ।
यसैबीच, प्रदेश सातको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा महिला तथा बालबालिका शाखा अधिकृत कमला शाही, जनस्वास्थ्य अधिकृत रमेश कुवर, पुष्पा जोशी, नरेन्द्र ठगुन्ना, नायब सुव्वा लगायतका कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा व्याडमिन्टन प्रतियोगिता र म्युजिकल चियर प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय हुने कर्मचारी खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार