१२ श्रावण २०८१, शनिबार

गौरीगंगाको वार्षिक समीक्षा



धनगढी । गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ वार्षिक समीक्षा तथा बजेट, योजना कार्यक्रम बिहीबार गरेको छ ।
कार्यक्रमको प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री सोडारीले स्थानीय तहमा बजेट अभाव भन्दा पनि कार्यान्वन र पार्दशिताको पाटो बलियो भएमा समृद्धि सम्भव भएको बताए ।
‘स्थानीय तहमा बजेट पर्याप्त छ’ मन्त्री सोडारीले तर सहि तरिकाले खर्च हुन सकेको गुनासो गरे ।
कार्यक्रममा गौरीगंगा नगरपालिका भित्र एसईईमा उत्कृष्ट हुने छात्र र छात्रालाई पुरस्कृत गरेको थियो । कालिका मावि राजपुरका विद्यार्थी विनोद साउँद र विनिका चौधरीलाई पाँच/पाँच हजार रुपैयाँ तथा कदरपत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा ८ जना उत्कृष्ट स्वयंसेविकालाई पनि सम्मानित गरिएको थियो । नगरपालिकाले नगरका विभिन्न वडामध्ये उत्कृष्ट वडालाई पनि पुरस्कृत गरेको छ । वडा नम्बर ४ लाई पुरस्कृत गरेको हो । सो वडालाई अन्य वडाको भन्दा पाँच लाख बढीको योजना दिएर सम्मान गरिएको छ ।
कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत वीरबहादुर शाहीले आर्थिक वर्ष २०७४/७५ को ५४ करोड बराबरको आयव्यय सार्वजनिक गरेका थिए ।
नगरपालिका उपप्रमुख अञ्चला चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, पूर्व सभासद कृष्णकुमार चौधरी, नेपाली कााग्रेसका नेता दिनेशराज जोशी, नेपाल कम्युनिष्ट पार्टीका नेता बासु गुरागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नगरपालिका नगर प्रमुख भीमबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नम्बर ४ का वडा अध्यक्ष भागरथी विष्टले गरेकी थिइन् । कार्यक्रममा विभिन्न वडाका वडा सदस्य, बुद्धिजीवी र सर्वसाधारणको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार