३१ बैशाख २०८१, सोमबार

लागूऔषधसहित बृद्धा पक्राउ



टीकापुर । टीकापुर लम्की सडकको ठेलामा फलफूल बेच्दै आएकी ६८ वर्षीय एक वृद्धालाई लागूऔषध बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका राजीपुर बस्ने ६८ वर्षीय जलधरा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीसँग प्रहरीले १९ पुरिया ब्राउन सुगरसहित १९ ग्राम ३३० मिलि चरेससमेत बरामद गरेको छ । उनले एक पुरिया ब्राउनसुगर एक हजार रुपैयाँमा बिक्री गर्ने गरेको बताएकी थिइन् ।
उनलाई प्रहरीले म्याद थपका लागि जिल्ला चलान गरेको छ । प्रहरीले लागूऔषध कारोबारी र सेवन कर्तालाई समेत कारवाहीमा तिब्रता दिएपछि पछिल्लो समयमा ब्राउन सुगरका कारोबारीले फरक तरिका अपनाउँदै गएका छन् ।
यस क्षेत्रमा सात सय जना लागूपदार्थ दुव्यर्शनीलाई नियन्त्रणमा लिएको छ भने ३२ जना कारोबारीलाई जिल्ला चलान, ९ जनालाई पुनस्र्थापना केन्द्रमा पठाएको इलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी उपरीक्षक शिव बहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार