३१ बैशाख २०८१, सोमबार

हिमचुली रोजिनमा आगलागी



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरस्थित हिमचुली रोजिन एण्ड हर्वल प्रोसेसिङ कम्पनीमा बुधवार राति आगलागि भएको छ ।
सो कम्पनीका कर्मचारी रामबहादुर बमका अनुसार बुधबार राति एक्कासी खोटो प्रशोधन गर्ने प्लान्टमा आगलागि भएको थियो । आगलागिबाट प्लान्ट पूर्णरूपमा जलेको छ । त्यसैगरी भण्डारण गरेर राखेको खोटो, तारपेन समेत जलेको छ । आगलागी भएको सूचनापछि धनगढी उपमहानगरपालीका र गोदावरी नगरपालिकाबाट दमकलहरू पठाइएको थियो ।
दुईवटा नगरपालिकाबाट पठाइएका दमकल र स्थानीय बासिन्दाको सहयोगबाट आगो नियन्त्रण गर्न सकिएको कम्पनीका सञ्चालक कृष्ण देउवाले बताए । उनले चाडो गरी दमकल नपुगेको भए पुरै फ्याक्ट्री जलेर ध्वस्त हुने बताए ।
सो कम्पनीको एउटै परिसरमा रोजिन कम्पनी तथा भएरेष्ट कत्था उद्योगको प्लान्ट रहेका जनाइएको छ । आगलागीको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार