३० बैशाख २०८१, आईतवार

प्रहरीसँग एक दिन अभियान जारी



धनगढी । धनगढीको त्रिनगर उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूको सहभागितामा बुधबार ‘प्रहरीसँग एक दिन’ कार्यक्रम भएको छ ।
युवा शान्ति परिषद् नेपालको आयोजनामा भएको कार्यक्रम नागरिक र प्रहरीबीच सहकार्य बृद्धि गर्ने, तथा लागूपदार्थ दुव्र्यसनमा कमि ल्याउने र युवालाई दुव्र्यशनबाट जोगाउने उद्देश्य रहेको कार्यक्रम संयोजक प्रेम ढुंगानाले बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहले “युवाहरू सादा पोशाकका सिपाही रहेको” चर्चा गरे ।
सो अवसरमा त्रिनगर उच्चमाविका प्रधानाध्यापक भुपालसिंह खड्काले समाजमा बृद्धि भइरहेको विकृति तथा अपराधिक घटना रोकथामका लागि युवाको अहम् भूमिका रहेको बताए ।
कार्यक्रममा त्रिनगर उमाविका ९६ जना विद्यार्थीको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार