३१ बैशाख २०८१, सोमबार

टीकापुरमा तीज मिलन कार्यक्रम



टीकापुर । कैलालीको टीकापुरमा बुधबार तीज मिलन कार्यक्रम भएको छ । नेपाल महिला संघ क्षेत्र नम्बर १ को आयोजनामा भएको कार्यक्रमको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सभापति शाहले महिलाको सक्रियताबाट पार्टी संगठन बलियो बनाउन गहन टेवा पुग्ने चर्चा गरे ।
सो अवसरमा प्रदेश सांसद उमादेवी वादीले नेपाली काँग्रेस सबै क्षेत्रका महिलालाई सम्मान गर्दै आएको बताइन् ।
कार्यक्रममा काँग्रेसका महासमिति सदस्य फकिरसिंह कडायत, टीकापुर नगरपालिका उपप्रमुख केशरी विष्ट, नेता जंगबहादुर साउँद, क्षेत्र नम्बर ३ का सभापति खेम चौधरी, क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारी, जिल्ला सदस्य नवराज रावल, नगर सभापति धनराज उपाध्याय, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, महिला नेतृ कल्पना उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संघका क्षेत्रीय अध्यक्ष मिना खड्काको अध्यक्षतामा भएको थियो । संघका नगर सभापति केशरी सोडारीले स्वागत गरेको कार्यक्रम दुर्गा देवकोटाले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार