२९ बैशाख २०८१, शनिबार

चरेश सहित एक जना पक्राउ



धनगढी । कैलाली प्रहरीले चरेशसहित चुरे गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । चुरे गाउँपालिका वडा नम्बर ५ निङलाडी बस्ने वर्ष ३० को पूर्णबहादुर धामीलाई मंगलबार प्रहरीले आठ सय ग्राम चरेशसहित पक्राउ गरेको हो ।
धामीले बोकेको निलो रंगको प्लाष्टिकको झोलाबाट सो चरेश बरामद गरिएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा चरेश बरामद भएको थियो ।
प्रहरी नायव उपरिक्षक वलीले पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार