२९ बैशाख २०८१, शनिबार

चिकित्सकहरूको आन्दोलन जारी



धनगढी । मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरूले सोमबार देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने भएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन् । आइतबारदेखि आन्दोलनमा होमिएका उनीहरूले अनिश्चितकालिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । जसअन्तर्गत सोमबार प्रशासन बन्दको काम गरेका थिए ।
डाक्टर तथा स्वास्थ्यकर्मीले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका थिए ।
डाक्टरहरूको छाता संस्था नेपाल चिकित्सक संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै चार वटा संशोधनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार