१२ श्रावण २०८१, शनिबार

जबरजस्ती करणी अभियोगमा दुई जना सार्वजनिक



rape caseधनगढी । कैलाली प्रहरीले जबरजस्ती करणी अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई सोमबार सार्वजनिक गरेको छ ।
घोडाघोडी नगरपालिकाका एक १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने तथा धनगढी उपमहानगरपालिकामा दुई बालिकामाथि करणी प्रयास गर्ने अभियोगमा पक्राउ गरिएका दुई युवकलाई सार्वजनिक गरिएको थियो ।
गत १३ गते राती घोडाघोडी नगरपालिकाकी एक १३ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरि फरार रहेका हरिश (हर्क) बहादुर कुँवर र आइतबार धनगढीमा दुई जना बालिकामाथि बलात्कार प्रयास गर्ने २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कैलाली प्रहरीका अनुसार अभियुक्त हर्कलाई विशेष सुराकीका आधारमा आइतबार लम्कीबाट र चौधरीलाई स्थानीयको सहयोगमा पक्राउ गरेको थियो ।
कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले अभियुक्त कुँवरलाई मादक पदार्थ सेवन गरेको अवस्थामा लम्कीबाट पक्राउ गरिएको बताए । प्रहरी उपरीक्षक घिमिरेका अनुसार प्रारम्भिक बयानमा अभियुक्त कुँवरले मादक पदार्थ सेवन गरी बालिकामाथि जवरजस्ती करणी गरि मार्ने योजना बनाएको थियो । “अभियूक्त कुँवरले बालिका मरि भन्ने सोचेर घर गएको रहेछ” उनले भने– “तर, राति एकबजेतिर बालिकाको होस् आएपछि बुवालाई फोनमार्फत खबर गरेकोले जोगिन सफल भइन् ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार