१२ श्रावण २०८१, शनिबार

नेपाली भाषा प्रचारप्रसार गर्न देहरादूनमा गोष्ठी



Nepali Bhashaधनगढी । नेपाली भाषालाई भारतमा व्यापक प्रचारप्रसार गर्ने उद्देश्यका साथ साहित्य अकाडमीले देहरादूनमा गोष्ठीको आयोजना गरेको छ । साहित्य अकाडमी र अखिल भारतीय भाषा समिति देहरादूनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउन गरिएको आन्दोलनमा देहरादूनका नेपाली भाषीहरूको भूमिका उल्लेखनीय रहेको छ । किनभने आन्दोलनके शुरुवात देहरादूनबाट भएको थियो । गोर्खा मिलिर्टीका लेज देहरादूनका नेपाली भाषाका शिक्षक आनन्दसिहं थापाको नेतृत्वमा भाषा आन्दोलनको शुरु भएको थियो । सो आन्दोलनपछि भारत भरी फैलिएको थियो ।
तेही आन्दोलनको फलस्वरूप करिब २५ वर्ष पहिले २० अगस्त १९९२ मा भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरूले यस्तो स्वर्णिम इतिहास बोकेको नेपाली भाषालाई जोगाई राख्ने जिम्मा नयाँ पुस्ताको काधंमा आएको बताएका थिए । साहित्य अकाडमीले भारतको विभिन्न स्थानमा यस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डाक्टर जीवन नांडुङ, डम्बरमणि प्रधान, प्रेम प्रधान, डाक्टर राजेन्द्र गुरुङ, भूपेन्द्र अधिकारीलगायतको पस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार