१८ आश्विन २०८१, शुक्रबार

भन्सार छलेर ल्याइएको सामान बरामद



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ भएर भन्सार छलेर आइतबार ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बाट भन्सार छलेर ल्याउदै गरेका कपडा र मेसनरी सामान सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । बरामद गरिएका कपडाहरूमा सानो तथा ठूलो साइजका मोदी कोट एक हजार तीन सय ३५ थान, हाइड्रोलिक ब्याक तीन थान, जेसिबी ब्रेक पाइप १० थान लगायतका उपकरण रहेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडाबाट से १ झ १३३ नम्बरको बोलेरो जीपबाट समान ओसार्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टले बताए ।
धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले न्यूनतम सात लाख ४४ हजार मूल्यका कपडा, ५० हजार बरावरका उपकरण, पाँच लाख मूल्यको बोलेरो गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
कैलालीमा सीमा सुरक्षाका लागि दुईवटा मात्रै बिओपी भएकाले तस्करी नियन्त्रणमा समस्या भएको बताउँदै उनले स्थानीयले सहयोग नगर्दा पनि तस्करी बढेको बताए । भारततिर प्रत्येक ५ किलोमिटरमा बिओपी स्थापना भए पनि कैलालीमा १०१ किलोमिटरमा जम्मा दुईवटा मात्रै बिओपी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार