११ श्रावण २०८१, शुक्रबार

आँखा शिविर



धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा डयाक फाउन्डेशनको सहयोगमा घोडाघोडी नगरपालिका, पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माविमा आँखा शिविर सञ्चालन भएको छ ।
शनिबार सञ्चालन भएको आँखा शिविरमा पाँच सय ३२ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये एक सय २२ जनालाई सल्यक्रियाका लागि गेटा आँखा अस्पताल पठाइएको छ ।
आँखा अस्पतालका अनुसार आइतबारदेखि उनीहरूको नि:शुल्क शल्यक्रिया भइरहेको छ । अस्पतालमा पठाइएका सबै मोतिविन्दुका विमारीको शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिने जनाइएको छ ।
त्यस्तै, आँखा शिविरमा चार सय १० जना आँखाका रोगीको नि:शुल्क औषधि उपचार समेत गरिएको थियो ।
गेटा आँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत रमेशचन्द्र भट्टको नेतृत्वमा १२ जना प्राविधिकको टोलीले आँखा शिविरमा सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार