१२ श्रावण २०८१, शनिबार

सुखी र समृद्ध नेपाल मूल लक्ष्य– मन्त्री सोडारी



लम्की । प्रदेश ७ का सामजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारको मूल लक्ष्य सुखी र समृद्ध नेपाल रहेको दोहोर्‍याएका छन् ।
आइतबार लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा आयोजित फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सोडारीले मुलुकको समृद्धिका लागि सबैले कडा संघर्ष तथा लगानी गर्नुपर्ने चर्चा गरे ।
उनले खेलकुको विकासका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा २५ करोड रुपैया विनियोजन गरेको बताए ।
शम्भु सुनन्दा युवा क्लवको आयोजनामा खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रम खेलकुद व्यवस्थापन समितिका संयोजक महेन्द्र खत्रीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य नन्दबहादुर साउँद, लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापा, वडा नम्बर छ का अध्यक्ष नेत्र मगर, क्लवका अध्यक्ष लोकबहादुर विक, हंस रोकाया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विष्णा बिसीले स्वागत गरेकी थिइन् भने संस्थाका सचिव नगेनद्र कट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतियोगितामा कैलालीका १६ टिमको सभागिता रहेको छ । क्वका अध्यक्ष विकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार र उपविजेतालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार