११ श्रावण २०८१, शुक्रबार

दुई बालिका बलात्कार गर्न खोज्ने पक्राउ



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६, जालीमा दुई जना बालिकालाई बलात्कार गर्न खोज्ने एक युवकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जालीका १३ र १४ वर्षीया दुई बालिका बलात्कार गर्न खोज्ने स्थानीय २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले पक्राउ गरी जिल्ला चलान गरेको जनाएको छ ।
स्थानीयहरूको सूचना लगत्तै वडा प्रहरी कार्यालय धनगढीका ईञ्चार्ज (प्रहरी निरिक्षक) वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले अनिललाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार एक जना बालिका नुहाइरहेको र त्यत्तिकै बसिरहेकी अर्की बालिकालाई अनिलले खाना लिन पठाएर नुहाइरहेकी बालिकालाई बलात्कार गर्न खाजेको थियो । बालिका चिच्याएपछि अनिलले अर्की बालिकालाई समेत बलात्कारको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बालिकामाथि बलात्कारको प्रयास भएपछि स्थानीयले तत्काल प्रहरीलाई सूचना गरेका थिए । हाल प्रहरीले धनगढी उपमहानगरपालिकाका विभिन्न वडा तथा टोलमा “टोलटोलमा प्रहरी अभियान” सञचालन गर्दै आएको छ । वडा कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सिंहले अभियानबाट स्थानीयमा कुनै पनि सानो वा ठूलो घटनाबारे तत्काल प्रहरीलाई सूचना दिन प्रेरित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार