१२ श्रावण २०८१, शनिबार

मृत अवस्थामा युवक फेला परे



पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा झुन्डिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ ।
सेक्टर वन कार्यालय पहलमानपुरको छेउमा रहेको जंगलको एक रुखको फेदमा झुण्डिएको अवस्थामा अन्दाजी २० वर्षका दीपककुमार वलीको शव फेला परेको इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीाक यक्षराज जोशीले जानकारी दिए ।
बझाङ घर भएका दीपककुमार हाल पहलमानपुरमा जेटिए पढिरहेका थिए । उनको शव पोष्टमार्टमका लागि शनिबार नै धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार