११ श्रावण २०८१, शुक्रबार

खाल्डाखुल्डी पुर्दै आन्दोलन



भजनी । कैलालीको भजनी नगरपालिकामा नेपाली काँग्रेसले सडकमा रहेका खाल्डाखुल्डी पुर्दै आन्दोलन गरेको छ । काँग्रेस नगर कमिटीको आयोजनामा शुक्रवार भजनी–सुखड तथा भजनी–बौनिया सडकखण्ड मर्मतको माग गर्दै खाल्डाखुल्डी पुर्ने अभियान चलाएको थियो ।
सो अवसरमा कांग्रेसले भजनी बजारमा विरोध स्वरुप २४ घनमिटर ग्राभेल समेत गरेको छ । काँग्रेस नेता वीरबहादुर हमालले नगरपालिका प्रशासनलाई बिग्रेको सडक मर्मतका लागि दबाव दिन कार्यकर्ताहरूबाट संकलित रकमले ग्राभेलिङ गरिएको बताए ।
नगर सभापति टेकराज न्यौपानेले सडक मर्मतका लागि पटक–पटक नगरपालिकालाई गुहारे पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिनु परेको बताए ।
नगरपालिकालाई सडक मर्मतका लागि दबाव दिन आयोजित विरोध र्‍यालीपछि आयोजित कोणसभामा नेपाली काँग्रेस कैलालीका सदस्य गोकेन्द्र भण्डारी, नवराज मिश्र, महाधिवेशन प्रतिनिधी रामनाथ उपाध्याय लगायतलले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार