११ श्रावण २०८१, शुक्रबार

जालीमा ‘टोलटोलमा प्रहरी अभियान’



धनगढी । स्थानीय स्तरमा शान्तिसुरक्षा बलियो बनाउने उद्देश्यसहित प्रहरीले ‘टोल—टोलमा प्रहरी’ अभियानलाई निरन्तरता दिएको छ ।
यस क्रममा वडा प्रहरी कार्यालय, धनगढीले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रसंग सहकार्य गर्दै शुक्रबार वडा प्रहरी कार्यालयले उपमहानगरपालिका वडा नम्बर ६, जालीमा अभियान आयोजना गरेको थियो । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज वकिलबहादुर सिंह, वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भिम चौधरी र स्थानीय विदेशराम चौधरीले अपराधिक तथा वाञ्छित क्रियाकलाप रोक्न प्रहरी र स्थानीयबीच समन्वय र सहकार्यबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार