वरिष्ठ समाजसेवी भण्डारी सम्मानित
धनगढी । शैक्षिक, धार्मिक सहित सार्वजनिक संस्थाहरूलाई उल्लेख्य आर्थिक सहयोग प्रदान गर्दै आएका बरिष्ठ समाजसेवी बद्रिनाथ भण्डारीलाई उत्कृष्ट पुस्तकालय अभियन्ताका रूपमा सम्मान गरिएको छ ।
शुक्रबार काठमाडौंमा ११ औं पुस्तकालय दिवस, २०७५ का अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बरिष्ठ दानवीर भण्डारीलाई सम्मानपत्र प्रदान गरे ।
डोटी जिल्लाको निरौली पुख्र्यौली घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका बरिष्ठ समाजसेवीले प्रदेश सातका विभिन्न विद्यालय तथा क्याम्पस, पुस्तकालय तथा धार्मिक मठमन्दिरमा लाखौं रुपैयाँ मूल्यको जग्गा तथा नगद दान गरेका छन् ।