१२ श्रावण २०८१, शनिबार

दुई बालिका बलात्कृत



धनगढी । कञ्चनपुर र कैलालीमा फेरि दुई बालिका बलात्कृत भएका छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको जनाइएको छ ।
त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिकामा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
कञ्चनपुरको बेल्डाँडीमा घरमा पुजापाठ भइरहेको वेला मोटरसाईकलमा आएका चार जना युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरणशैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी इन्चार्ज सुरेन्द्रबहादुर बमले बताए ।
बलात्कारमा संलग्न चारै जना फरार रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय, बेल्डाँडीका इन्चार्ज बमले पीडित किशोरीलाई उधृत गर्दै उनको दुई जना युवकसंग चिनजान रहेको बताए । उनले घटनामा संलग्न दोषिहरूको खोजी भइरहेको बताए ।
यता, घोडाघोडी नगरपालिका वडा नम्वर ६, बछुरियाका ३३ वर्षिय हर्क कुवरले गत १३ गते राती १० बजेतिर बालिकालाई बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज यक्षराज जोशीले बताए ।
उनले फरार अभियुक्तको खोजी भइरहेको बताए । घटनाबारे शुक्रबार मात्रै प्रहरीलाई जानकारी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार