११ श्रावण २०८१, शुक्रबार

शेयरबजारबारे जनकपुरमा छलफल



जनकपुर । नेपालको शेयरबजार कमजोर हुँदै गएको बेला नेपाल पूँजीबजार लगानीकर्ता संघले प्रदेश नम्बर २ मा समेत शेयर बजारमा लगानीकर्तालाई तान्ने प्रयास गरेको छ ।
संघले जनकपुरमा पूँजीबजारका अवसर र चुनौतीहरु विषयक अन्तरक्रिया आयोजना गरेर शेयर बजारमा लगानीकर्ता तान्ने प्रयास गरेको हो ।
सो अवसरमा बोल्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अथिति लालबाबू राउतले प्रदेश सरकारले गर्नुपर्ने कार्यक्रम लगानीकर्ता संघले गरिदिएकोमा आभार प्रकट गरे । उनले शेयर बजार बलियो बनाउन प्रदेश सरकारले गर्नुपर्ने आवश्यक प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सो अवसरमा कार्यक्रममा विशिष्ठ अथिति तथा नेपाल पूँजीबजार लगानीकर्ता संघका केन्द्रीय अध्यक्ष राधा पोख्रेलले कसरी पूँजीबजारमा लाग्ने , फाइदा वेफाइदा के छन्, शेयरबजारको इतिहास लगायतका विषयमा प्रकाश पारेकी थिइन ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक संजिवकुमार झा, लगानीकर्ता संघका प्रदेश २ का संयोजक सरोज उप्रेती लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय लव्ध प्रतिष्ठितहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार