११ श्रावण २०८१, शुक्रबार

रामजानकी मन्दिरलाई जग्गादान



धनगढी । धनगढी उपमहानगरपालिका–८ स्थित रामजानकी मन्दिरलाई सीतादेवी राना र पुरन रानाले जग्गादान गरेका छन् ।
कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–७, गणेशवस्ती ढक्खा निवासी सीतादेवी र धनगढी–८, निवासी पुरन रानाले मन्दिरलाई एक कटठा २ धुर जग्गादान गरेका हुन । सो मन्दिर सीताका बुवा स्वर्गीय बालकृष्ण रानाले २०३६ सालमा स्थापना गरेका थिए । हाल मन्दिर रहेको एक कटठा जग्गा सीताको नाम रहेको र मन्दिरमा जानलाई पुरनले ६ फिट बाटो दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सोनुुराना दासले जानकारी दिए ।
मन्दिरलाई भूमिदान कार्यक्रम शुक्रबार एक कार्यक्रमको बीचमा भएको थियो । भूमिदान कार्यक्रम प्रदेश नम्बर ७ का सांसद मालामति रानाको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा बोल्दै सांसद राना मन्दिरलाई जग्गा दिनु भनेको पुण्यकाम रहेको बताए ।
कार्यक्रममा वडा–८ का वडाअध्यक्ष नारायण बराल, जीवन राना लगायतले मन्तव्य व्यक्त गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सोनुुराना दासको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्दराज राना कार्यक्रम संचालन गरेका थिए । त्यसैगरी विभिन्न व्यक्तित्वले मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेका थिए । सो मन्दिर २०६९ सालमा जिल्ला प्रशासन कार्यालयमा विधान दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार