१५ मंसिर २०७९, बिहीबार

बेलगाउँको सडक निर्माण तिब्र



धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बेलगाउँको ग्रावेल सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
हिडडुल गर्न कठिनाई भएपछि वर्षातमै भएपनि सो गाउँमा ग्राबेल हालेर सडक बनाउँदै आवतजावत सजिलो बनाउन खोजिएको हो वडा अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।
ग्राबेल मंगलबारदेखि हाल्न शुरु भएको हो । सम्भवत शनिबारसम्ममा निर्माण कार्य पुरा हुने निर्माण कार्यमा संलग्न प्रकाश श्रेष्ठले बताए ।
वडाको योजना अनुसार बनेको वेलगाउ कामीचोक उपभोक्ता समितिले श्रेष्ठलाई निर्माण कार्यको जिम्मा दिएको हो । सात सय पचास मिटर लम्बाइमा ग्रावेल गर्नका लागि सात लाख रुपैयाँ छुट्टाइएको जनाइएको छ । सो सडकको ट्रयाक अघिल्लो बर्ष खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्