१२ श्रावण २०८१, शनिबार

निर्वाचनका विषयमा भ्रममा नपर्न आग्रह



धनगढी । कैलाली उद्योग वाणिज्य संघले आगामी साधारण सभा तथा निर्वाचनका विषयमा फैलाइएका होहल्लामा विश्वास नगर्न आग्रह गरेको छ ।
संघको आगामी साधारण सभा तथा निर्वाचनका विषयमा केही पक्ष तथा व्यक्तिबाट गलत होहल्ला फैलाउने काम भइरहेको प्रति गम्भीर आपत्ति व्यक्त गर्दै संघले त्यस्ता भ्रमको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ ।
“कैलाली उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले उचित समयमा निर्वाचन गराएर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछ” संघले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शंकर बोगटीले भने– “संघले नयाँ कार्यसमितिका लागि निर्वाचन गराउने तयारी अन्तिम तयारी गरिरहेको बेला अदालतमा मुद्दा परेका कारण समस्या सिर्जना भएको छ ।”
संघका अध्यक्ष बोगटीले उच्च अदालतले परमादेश जारी गरेकाले जिल्ला प्रशासन कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए । उच्च अदालतले संस्था दर्ता ऐन २०३४ अनुसार प्रशासनको नाममा परमादेश जारी गरेको थियो । सोही अनुसार कैलाली उद्योग वाणिज्य संघले अध्यक्ष बोगटीको संयोजकत्वमा सुझाव समिति गठन गरी राय सल्लाह सुझाव संकलन गरी प्रशासन कार्यालयमा चार बुँदे सुझाव पठाएको जनाइएको छ ।
उनले कर र प्यानमा दर्ता भएका व्यावसायीलाई निर्वाचनमा मताधिकार दिने सहमति भएको बताए । उनले यो व्यवस्था अनुसार निर्वाचन गराउँदा अझ केही समय लाग्ने बताए । संघका अध्यक्ष बोगटीले निर्वाचनका विषयमा लिएर संघमा आवद्ध व्यवसायीहरूसँग भदौ १८ गते बिहान ८ बजे भेला गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार