११ श्रावण २०८१, शुक्रबार

राष्ट्रिय खेलकूद दिवसमा माविस्तरीय दौड प्रतियोगिता



धनगढी । प्रदेश सातको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय खेलकूद दिवसका अवसरमा बुधबार धनगढीमा माध्यामिक विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरेको छ ।
खेलकूद अन्तर्गत तीन हजार मिटरको छात्र र छात्रा दौड प्रतियोगितामा आयोजना भएको थियो । सो प्रतियोगितामा छात्रतर्फ वेहडाबाबा मावि उर्माका राजिव राना प्रथम, ऐश्वर्य विद्या निकेतन धनगढीका आकाश विष्ट दोस्रो, थ्रीस्टार बोडिङ स्कुल धनगढीका कुमार भट्टराई तेस्रो र पञ्चोदय मावि फूलवारीका दिनेश मिश्र चौथो भएका थिए ।
यस्तै, महिलातर्फ स्टोन व्रिज बोडिङ स्कुलकी सदीक्षा भुषाल प्रथम, पञ्चोदय मावि फूलवारीकी सिर्जना नेपाली दोस्रो, ठेकराज मावि घोडसुवाका चन्द्रा भट्ट तेस्रो र वेहडाबाबा मावि उर्माकी अनिता चौधरी चौथो भएकी थिइन् ।
विजेताहरूलाई सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रमाणपत्र वितरण गरेका थिए । विजेताहरू प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमश आठ हजार, छ हजार, चार हजार र तीन हजार पुरस्कार दिइएको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव इञ्जिनियर गोगनबहादुर हमालको अध्यक्षतामा भएको थियो ।
यसैबीच राष्ट्रिय खेलकूद दिवसकै अवसरमा जिल्ला र क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा रक्तदान कार्यक्रम पनि आयोजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार