१२ श्रावण २०८१, शनिबार

फाया नेपालको अध्यक्षमा भट्ट



धनगढी । जनचेतना तथा युवा जागरण मञ्च (फाया नेपाल) कैलालीको बुधबार भएको २१ औं साधारणसभाबाट पूर्व सचिव लोकराज भट्ट आगामी दुई वर्षका लागि अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
साधारणसभाले सचिवमा मीना वास्तोला र कोषाध्यक्षमा चिन्तामणि ढुंगेललाई चयन गरेको छ । यसै गरेर सदस्यहरूमा निर्मल राना, कृष्ण विक, बालकुमारी चौधरी र झरना चौधरी चयन भएका छन् ।
मंगलबार शुरु भएको साधारण सभाको दोस्रो दिन आयोजना गरिएको बन्द सत्रमा संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतले पेश गरेकोे संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मीना वास्तोलाले पेश गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको कार्यक्रम निर्देशक धर्मराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार