११ श्रावण २०८१, शुक्रबार

फायाको साधारण सभा



धनगढी । गैरसरकारी संस्था जनचेतना तथा युवा जागरण मञ्च, (फाया) नेपालको २१ औं वार्षिक साधारण सभा धनगढीमा भएको छ ।
साधारण सभाको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए । साधारण सभाले वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ ।
फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतमा भएको साधारण सभामा कार्यकारी निर्देशक धर्मराज पाठकले संस्थाको इतिहास, संस्थाले स्थापनापछि सामाजिक क्षेत्रमा गरेका योगदानबारे चर्चा गरेका थिए ।
सो अवसरमा नेपाली काँग्रेसका छत्र टेलर, धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १५ र १८ का वडा अध्यक्षहरू क्रमश ः रामबजारी चौधरी, फुलराम चौधरी र मुरारी अधिकारीले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै गरेर सरस्वती मावि धनगढीका प्रअ ज्ञानेन्द्र शाह, सर्वोदय मावि फूलवारीका प्रअ जीतबहादुर चौधरी, फायाका सल्लाहकारहरू गोविन्दराज जोशी, भवानसिंह चलाउने, गैसस महासंघ कैलालीका हेमकर्ण विक, ओरेकका सरिता चौधरी लगायतकाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार