१६ बैशाख २०८१, आईतवार

नेकपा नेता ढकालले पार्टी छोडे



लम्की । नेपाल कम्युनिष्ट पार्टिका नेता तथा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य रंगनाथ ढकालले पार्टी परित्याग गरेका छन् ।
आइतबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा नेता ढकालले पार्टीको साधारण सदस्य समेत त्यागेको घोषणा गरे ।
माओवादी केन्द्र र एमालेबीच एकता हुनु नै कम्युनिष्ट चरित्रबाट च्युत भएको उनले आरोप लगाए । उनले भने– “मसँग पार्टीले पटक पटक गरेका सहमति कार्यान्वयन नगरेका कारण मैले पार्टी परित्याग गरेको छु ।”
२०३८ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका नेता ढकाल २०५२ साल माघबाट अछाम जिल्लामा विद्रोहको नेतृत्व गरेका थिए ।
उनले आफूलाई २०७४ सालको निर्वाचनमा राष्ट्रिय सभा सदस्य बनाउने लिखित सहमति गरेको र २०६४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाउने सहमति गरे पनि पुरा नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार