१५ बैशाख २०८१, शनिबार

महेन्द्रनगरमा घाइते भएका चेतन खतरामुक्त



धनगढी । सामाजिक विकासमन्त्री दीर्घ सोडारीले कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोलीबाट घाइते भएका चेतन भट्ट लगायतको अवस्था बारे शनिबार जानकारी लिएका छन ।
धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारमा रहेका १३ बर्षिय भट्टको वाया हातमा गोलीको छर्रा लागेको छ । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले खतरामुक्त रहेका भट्टको अप्रेशन अंञ्चल अस्पतालमै सम्भव हुने जानकारी मन्त्री सोडारीलाई दिएका थिए ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका मन्त्री सोडारीले भट्टको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले लिने बताए । उनले सेती अञ्चल अस्पतालका उपचार गर्ने क्रममा मेडिकलहरुबाट औषधी किनेको विल अस्पताललाई दिए औषधीको खर्च उपलव्ध गराइने बताए ।
प्रदेश सरकारले बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषी पत्ता लगाउने माग राख्दै आन्दोलमा उत्रिने क्रममा घाइते भएका सबैको उपचार व्यहोर्ने जनाएको छ । सेती अञ्चल अस्पतालका अनुसार घाइते भएर उपचारमा आएका कविन्द्र सिंह, दामोदर खत्री सामान्य उपचारपछि घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार