१२ श्रावण २०८१, शनिबार

कैलाली जिल्ला प्रमुख थापाद्वारा तलवभत्ता बालबालिकाको शिक्षामा खर्चिने घोषणा



धनगढी । जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले आफूले तलवभत्ता वापत पाउने रकम विद्यालयको पहु“चभन्दा बाहिर रहेका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।
विहीबार कैलाली जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकारी सम्मिलित धनगढीमा भएको एक कार्यक्रममा जिल्ला प्रमुख थापाले यस्तो यस्तो घोषणा गरेका हुन् ।
उनले हालसम्म जिल्ला समन्वय समितिबाट पाएको चार लाख ४१ हजार रुपैया त्यस्ता बालबालिकाका लागि खर्च गरिने बताए ।
जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख थापाले वालवालिकाको खुद् भर्नादर ९७ दशमलव ७ पुगेको कैलालीमा विद्यालयको पहुच भन्दा बाहिर रहेका २ दशमलव ३ प्रतिशत बालबालिकालाई शिक्षा दिन यसपछि पाउने रकम पनि खर्च गर्ने बताए ।
प्रमुख थापाले जिल्ला शिक्षा तथा समन्वय इकाइ कैलालीबाट कार्यविधी बनाई १३ वटै स्थानीय तहसंग समन्वय गरी खर्च गरिने बताए ।
शिक्षामा ठूलो लगानी गर्दा पनि गुणस्तर बढन नसक्नु दखद् भएको भन्दै यसअघिको भन्दा फरक किसिमले काम गर्न नसके जिल्लाको शैक्षिक विकास गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार