११ श्रावण २०८१, शुक्रबार

शेयर बढाउन दैलो चाहार्दै लगानीकर्ता संघ




काठमाडौ ।
नेपाली शेयर बजार दिनानु दिन खस्कन थालेपछि चिन्तित लगानीकर्ताहरु विभिन्न सरोकारवाला निकायसंग तिब्ररुपमा छलफल गर्न थालेका छन ।

विगतका बर्षहरुमा शेयरको सिजन मानिने साउन, भाद्रमा मानिने गरेकोमा यसपटकको अवस्था निराशाजनक रहेको छ । विगतमा औसतमा दुई अर्बको कारोवार भैरहेको वजारमा आज मुस्किलले पुग नपुग १७ करोडको कारोवार भयो नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन ।
यसरी शेयरको सिजन मानेने महिनामा शेयर वजार खस्कदै जाँदा आफूजस्ता धेरै लगानीकर्ताका अगुवा झन चिन्तित भएको अध्यक्ष पोखरेलले बताइन । यसैवीच लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको कर गणनाको बिषय के हुँदैछ भनेर नेपाल पूँजी बजार लगानीकर्ता संघले चाँसो राखेको छ । संघका अध्यक्ष राधा पोखरेलले अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानासंग भेट गरेर सो बिषयमा चाँसो राखेकी हुन । अध्यक्ष पोखरेलसंगको भेटमा राजश्व सचिव ढुंगानाले कर गणनाको को विषय निकट भनिश्यमा नै टुंगोमा पुग्ने बताए । राजस्व सचिव ढुंगानाले सो अवसरमा करको विषयले मात्रै शेयर वजारमा गिरावट नआएको दावी गरे ।
शेयर वजार भनेको घटवढ भैरहने वजार हो , तर यसरी दैनिक रुपमा शेयरको गिरावट हुनुले आफूलाई पनि चिन्तित भएको ढुंगानाले बतएका थिए । अध्यक्ष पोखरेलले शेयर बजार बारे आजै नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनीधिसभाका सदस्य गगन थापासंग पनि छलफल गरिन ।
संघले यसअघि पनि शेयर बजारमाथि उकास्ने उद्धेश्यले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व अर्थमन्त्री रामशरण महत, नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीवि नेपाल सहितको कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार