१२ बैशाख २०८२, शुक्रबार

अवैध कुखुरा ल्याउने दुई पक्राउ



धनगढी । भारतबाट अवैध कुखुरा ल्याउँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा शनिबार मोटरसाइकल सहित दुई युवक पक्राउ परेका छन् ।
स्थानीयको सूचनाका आधारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट त्रिनगरको टोलीले एक सय ५० किलो अवैध कुखुरा तथा दुई मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अवैध रुपमा भारतबाट कुखुरा भित्रिरहेको सूचनापछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगरबाट प्रहरी सहायक निरिक्षक रणबहादुर खड्काको कमाण्डमा टोली खटिएको थियो ।
सशस्त्र प्रहरीको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ घ गाउँका १९ वर्षीय सुमन सापकोटाले चलाएको से १ प ८२ ६८ नम्बरको मोटरसाइकल तथा १६ वर्षीय अमृत मिश्रले चलाएको से ५ प ८८१० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार