१२ श्रावण २०८१, शनिबार

मानसिक सन्तुलन कमजोर भएकाहरूलाई आश्रय



धनगढी । दृष्टि फाउण्डेसन नेपाल अल्पकालिन सुरक्षित घर धनगढीले दुई महिनादेखि मानसिक सन्तुलन गुमाएका रोगीहरूलाई आश्रय दिइरहेको छ ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले सुरक्षित घरमा रहेका आठ जना रोगीको अवस्थामा सुधार भइरहेको जानकारी दिइन् ।
फाउण्डेसनमा सुरुको दिनमा कैलाली र कञ्चनपुरबाट आठ जना मानसिक सन्तुलन गुमाएका महिलाहरूलाई ल्याइएका थियो । अहिले सो घरमा १० जना महिला रहेका छन् । ती मध्ये दुई जना महिला गर्भवति रहेको उनले जानकारी दिइन् ।
उनले सुरक्षित घर सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त नभएकोमा खिन्नता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार