१२ श्रावण २०८१, शनिबार

केही स्थानमा बम बरामद



धनगढी । कैलालीका दुईवटा स्थानमा बम सहित शंकास्पद बस्तु राखिएको अवस्थामा बरामद भएका छन् । कैलालीको गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा मंगलबार ती वस्तु फेला परेका थिए ।
गोदावरी नगरपालिका वडा नम्बर २, अत्तरिया बजारमा राखिएको जिलेटन बम राखिएको थियो । ईलाका प्रहरी कार्यालय, मालाखेती र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबीचको सडक छेउमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो ।
बिहान करिब ९ बजेतिर शंकास्पद वस्तु राखिएको स्थानीयले देखेकोमा तेघरी ब्यारेकको बम डिस्पोजल टोलीले दिउँसो पौने तीन बजेतिर निस्कृय पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उता, गौरीगंगा नगरपालिका कार्यालयको पश्चिमपट्टि ५० मिटर पर शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
बाजुराको बडिमालिका नगरपालिका नजिकै पनि शंकास्पद वस्तु फेला परेको छ । बडिमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा सो शंकास्पद वस्तु फेला परेको हो ।
स्थानीयले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सागर बोहराले बताए । उनले नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तु निस्कृय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार