११ श्रावण २०८१, शुक्रबार

धार्मिक पर्यटनबाट आर्थिक समृद्धि– मन्त्री बोहरा



टीकापुर । प्रदेश ७ का अर्थमन्त्री झपटबहादुर बोहराले धार्मिक पर्यटन विकासले आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताएका छन् ।
सोमबार टीकापुर नगरपालिका वडा नम्बर ७ को पद्मप्रकाशेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा उनले धार्मिक र पर्यावरणको विकासले गरिबी निवारणमा सहयोग, आर्थिक रुपमा सक्षमता प्रदान गर्ने सकिने बताए ।
उनले धर्म आस्था मात्र नभई मानवका लागि दोस्रो पाठशाला रहेकोले धर्मबाट अनुशासित, चरित्रवान भई विकृति, विसंगति, अपराध न्युनीकरण हुने बताए ।
उनले संघीयता कार्यान्वयनको लागि केन्द्र, प्रदेश तथा स्थानिय तहमा चुनौतीपुर्ण रहेको समयमा असमझदारी हटाउनुपर्ने बताए । उनले केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समयमा नीति निर्माण गरी हक अधिकारको पूर्णता दिनुपर्ने बताए ।
सो अवसरमा पद्मप्रकाशेश्वर महादेव मन्दिरको संरक्षण, जिर्णोद्धार, नयाँ संरचना निर्माणका लागि तीन करोड रुपैयाँको माग, परशुराम तालकुण्डको विकासको लागि एक करोड ७५ लाख, कर्णाली उमावि सत्तीलाई नमुना विद्यालय बनाउने र वडा नम्बर ७ को विकाससहितको मागपत्र मन्त्री बोहरालाई बुझाइएको छ ।
पदम प्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामलाल डगौराले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार