१२ श्रावण २०८१, शनिबार

कर्णाली नदीमा पानीको वहाव बढ्यो



टीकापुर । दुई दिनदेखिको अविरल वर्षापछि कर्णाली नदिमा पानीको बहाव सतर्कता लेवल भन्दा माथि उक्लेको छ ।
सोमबार राती ८ बजेसम्म कणाली नदीमा पानीको बहाव १०.१५ पुगेको छ । कर्णालीमा १० मिटरमा चेतावनी र १०.८ मिटरमा पुगेमा खतरा मानिन्छ ।
कर्णालीमा पानी खतराको संकेतभन्दा माथि गएकोले नदी तटिए क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिका स्थित कर्णाली नदीको ड्याम फुट्ने जोखिममा रहेको ठाउंमा सशस्त्र प्रहरी र प्रहरी परिचालन गरेको छ ।
प्रहरी, सशस्त्र प्रहरीले जैविक तटबन्ध गरेर डुयाम फुट्नबाट रोक्ने प्रयास गरिरहेका छन् तर कर्णालीमा पानीको वहाव बढ्दै गएका कारण उनीहरुको प्रयास सफल हुने अवस्था देखिदैन । नदी फुट्ने खतरा बढेपछि तटीय क्षेत्रका नागरिक सुरक्षित हुनुको विकल्प छैन । नगरपालिकाले पनि सुरक्षित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार