फेकोफन प्रदेशको कार्यसमिति गठन
टीकापुर । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) प्रदेश नम्बर ७ को प्रथम अधिवेशन निर्विरोध रूपमा कार्यसमिति चयन गर्दै आइतबार टीकापुरमा समापन भएको छ । टीकापुरमा दुई दिनसम्म चलेको अधिवेशनले अध्यक्षमा देवबहादुर कुँवर (अछाम) लाई चयन गरेको छ ।
प्रदेश समितिको उपाध्यक्षमा जगदिश अवस्थी (दार्चुला) रहेका छन् । भने महासचिवमा झुमाकुमारी चौधरी (कैलाली), कोषाध्यक्षमा राधिका बोहरा (डोटी), सचिवमा टेकबहादुर थापा (कैलाली) तथा सहसचिवमा दानबहादुर विष्ट (कैलाली) लाई चयन गरेको निर्वाचन अधिकृत कृष्णप्रसाद ढुंगाानाले जानकारी दिए ।
प्रदेश कमिटीको सदस्यमा कैलालीबाट कौशल्या विक, कोकिला देवल, करुणा चौधरी, लोकबहादुर सारु र कल्पना खड्का, कञ्चनपुरबाट टेकबहादुर हमाल, लक्ष्मणबहादुर कार्की, दीपा चौधरी, कलावती डंगौरा र शिवदत्त पन्त चयन भएका छन् ।
त्यस्तै, डडेल्धुराबाट भागरथी जोशी, शान्तिदेवी जैशी, जानकी जोशी, टेकबहादुर साउँद र चन्द्रदेव बोहरा, डोटीबाट सिद्धराज ओझा, सोभानसिंह ओली र धर्मा ऐर, अछामबाट लिलाराज केसी, गीता बोगटी, जानकीकुमारी साउँद, गजेन्द्र सार्की र डम्बरकुमारी थापा सदस्य रहेका छन् ।
त्यस्तै, बाजुराबाट सदस्यमा तुल्सीराम रोकाया, शेरबहादुर शाही, दन्ता बोहरा, सीता विष्ट विक र रामबहादुर थापा चयन भएका छन् ।
त्यसैगरी बझाङबााट सोनू सिंह, रविन्द्र बम, जमुना चन्द, पार्वति ओली र ममता शाह, बैतडीबाट डम्बरसिंह कार्की, त्रिलोकसिंह बिष्ट, झापु महता र बिष्णु जोशी तथा दार्चुलाबाट नारायणदत्त भट्ट, हिरादेवी अवस्थी, ताराकेशर कुँवर र विजयसिंह धामी सदस्यमा चयन भएका छन् ।
निर्वाचित भएपछि महासचिव झुमाले महासंघको प्रदेश कार्यालय धनगढीमा खोलिने र तत्काल पदाधिकारीबाटै कार्यालय सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन ।
सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर ७ को पहिलो अधिवेशनमा नौ वटै जिल्लाका ५ सय २७ जना प्रतिनिधि सहभागी थिए ।