१२ श्रावण २०८१, शनिबार

अनेसास इजरायलको अध्यक्षमा अर्याल



इजरायल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको पाँचौं अबिधेशन इजरायलको तेलअभिभमा सम्पन्न भएको छ । शुक्रबार भएको अबिधेशनबाट निशा अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

अनेसासमा रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपाली साहित्य अनुरागी आवद्ध रहेका छन् । अधिबेशनबाट बरिष्ट उपाध्यक्षमा लक्ष्मी अनुरागी भट्टराई, उपाध्यक्षमा नेहा गुरुङ, महासचिवमा दीया चापागाईं, सचिवमा मनिषा प्रसाईं, कोषाध्यक्षमा नुतन भुषाल र सहकोषाध्यक्ष सुमित्रा दवाडी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा मञ्जु घिमिरे, स्वस्तिका श्रेष्ठ, अञ्जना भट्टराई, तारा पोखरेल, राज लिम्बु  र सुरेन्द्र प्रसाईं चयन भएको अनेसास इजरायलका नवनिर्बाचित महासचिव दीया चापागाईंले जानकारी दिइन् ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष भगवती बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपालका राजदूत निरञ्जनकुमार थापा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत थापाले प्रवासी भूमिमा रहेर साहित्यका माध्ययमबाट आफ्नो संस्कृतिको सम्बद्र्धनका साथै प्रचारप्रसार गरी विश्वभरी फैलाउनमा अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।

अनेसास इजजरायलका तत्कालिन सचिव दीया चापागाईंले सञ्चालन गरेको सो कार्यक्रममा नवनिर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि राजदूत थापाले कार्यकालको सफलता सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा लामो समयदेखि इजरायललाई कर्मथलो बनाएर सदाका लागि घरदेश नेपाल फर्कने तयारीमा रहेका अनेसासका निबर्तमान अध्यक्ष तथा इजरायलका लागि नेपालका संस्कृति तथा पर्यटन सदभावना दूत भगवती बस्नेत र प्रवासी नेपाली मञ्च इजरायलका सांस्कृतिक विभाग प्रमुख धर्म भण्डारीको पनि बिदाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार