११ श्रावण २०८१, शुक्रबार

कृषि असल अभ्यास सम्बन्धि तालिम शुरु



धनगढी । धनगढीको जुगेडामा शनिबारदेखि स्थानीय कृषि असल अभ्यास र प्रविधि सम्बन्धी तालिम शुरु भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत सञ्चालित तालिम आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
तालिममा धनगढी उपमहानगरपालिकाका कृषि प्राविधिक खडक विकले सहजीकरण गरिरहेका छन् ।
तालिम उद्घाटनका अवसरमा उपमहानगरपालिकाका वडा नम्बर १० का अध्यक्ष राजेन्द्र राना, नगर कार्यपालिका सदस्य गीता पन्त, फाया नेपालका नीति तथा साझेदार संयोजक धनपति ढुंगेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा धनगढीका ३० जना कृषक महिलाहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार