१२ श्रावण २०८१, शनिबार

करबृद्धिबाट आत्तिनुपर्ने अवस्था होइन्– मन्त्री सोडारी



बौनिया । प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले करबृद्धिबाट आम नागरिक आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । करबृद्धिका कारण पछिल्लो समयमा सरकार आलोचित हुँदै आइरहेको बताउँदै उनले करबृद्धि सामान्य विषय भएको बताए ।
शनिबार बर्दगोरिया गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्त्री सोडारीले प्रदेश सरकारले विलासी वस्तु तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने वस्तुहरूमा मात्र करबृद्धि गरेको बताए ।
मन्त्री सोडारीले निर्माणाधीन सेती लोकमार्ग बर्दगोरिया गाउँपालिका भएर नै बन्नेमा ढुक्क हुन आग्रह गरे । उनले सेती लोकमार्गमा पर्ने रुखहरू कटानीका लागि ठेक्का सम्झौता कार्य अन्तिम चरणमा पुगेको बताए ।
सो अवसरमा प्रदेश सभा सदस्य नन्दबहादुर साउँद, उपाध्यक्ष भगवती डंगौरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेकपाद्वारा आयोजित कार्यक्रम दिलबहादुर विकको अध्यक्षतामा भएको थियो भने जगत साउँदले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार