१२ श्रावण २०८१, शनिबार

शिक्षण संस्था बन्द निर्णय स्थगित



लम्की । सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तथा कर्मचारी संगठन, कैलालीद्वारा आज (आइतबार) जिल्लाभरका शिक्षण संस्था बन्द गर्ने भनेर गरिएको निर्णय स्थगित भएको छ ।
निजीस्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई विस्थापित हुने गरी घोडाघोडी नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा तह मिलान गरेको विरोधमा संगठनले बन्द आह्वान गरेको थियो ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले विस्थापित निजी स्रोत शिक्षकहरूलाई उचित व्यवस्थापन गर्ने गरी साउनभित्रै वार्ता गर्ने मौखिक सहमति भएपछि बन्द कार्यक्रम स्थगित गरिएको संगठनका जिल्ला अध्यक्ष लिखनी चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार