११ श्रावण २०८१, शुक्रबार

गौरीगंगा जेसिज गठन



मसुरिया । कैलालीको गौरीगंगा नगरपालिकामा जेसिज गठन भएको छ । शनिबार भएको एक भेलाले शिव सोवको अध्यक्षतामा गौरीगंगा जेसीज गठन गरेको छ ।
समितिको कार्यकारी उपाध्यक्षमा प्रेमबोहरा र कृष्ण भण्डारी तथा उपाध्यक्षमा रमेश ओझा, चन्द्र बम, प्रकाश आचार्य र उमेश जोशी चयन भएका छन् । त्यस्तै, कानुनी सल्लाहकारमा रमेश भट्ट, हेमन्तराज जोशी र डम्मरा दियाकोटी चयन भएका छन् ।
भेलामा धनगढी जेसीजका पुर्व अध्यक्ष सिनेटर कृष्णबहादुर बोहरा, धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझा, धनगढी जेसीजका कार्यकारी उपाध्यक्ष श्याम पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको संयोजक सुरज गिरी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार