१ आश्विन २०८१, मंगलवार

विपद् जोखिम न्यूनीकरणबारे वक्तृत्वकला



लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ चौरीपुरमा रहेको जनता माध्यामिक विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी वक्तृत्वकला प्रतियोगिता शुक्रबार भएको छ ।
विपद् जोखिम सम्बन्धी विद्यालय सुरक्षा परियोजना आर्थिक सहयोगमा सो कार्यक्रम भएको जनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक गोबिन्द थापाको अध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथि विद्यालय व्यपस्थापन समितिकी अध्यक्ष रूपा ऐडी रहेका थिए ।
‘झटपट झोला’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा नविना खड्का प्रथम, भीम धमाला द्वितीय र ईश्वरी खड्काले तृतीय स्थान प्राप्त गरे भने मनसरा धामीले सान्वना स्थान प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुपा ऐडी, विद्यालयका प्रधानाध्यापक गोविन्द थापा लगायतले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक दीपक भण्डारीले गरेका थिए ।
त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, कौवापुरमा पनि वक्तृत्वकला भएको छ ।
प्रतियोगितामा कमल रोकाया प्रथम, विष्णु रोकाया द्वितीय र रोशनी देवकोटा तृतीय भइन् भने जानकी भाटले सान्वना स्थान प्राप्त गरिन् ।
कार्यक्रममा शिक्षक अभिावक संघका सदस्य विष्णा रोकाया, मीनराज भाट, रमा चौधरी हरि भाट लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, लम्कीचुहा नगरपालिका वडा नम्बर ४ स्थित कमन बोर्डिङ स्कूलमा शुक्रबार नै बाल अधिकार संरक्षणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भएको छ ।
प्रतियोगितामा नविन रिमाल प्रथम, नविन बिष्ट द्वितीय र सुशान्त धमाला तृतीय भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार