११ श्रावण २०८१, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी



धनगढी । कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्प नबनाएको भन्दै नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारीले गच १५ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन दबाव दिँदै कैलाली बहुमुखी क्याम्पस प्रशासनलाई १० दिने अल्टिमेटम दिएको थियो ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बबरजंग सिंहले कैलाली बहुमुखी क्याम्पस नेतृत्वले आफूहरूको मागको वेवास्ता गरेकोले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार