१२ श्रावण २०८१, शनिबार

सामाजिक परिचालकको आन्दोलन स्थगित



धनगढी । सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ७ ले आन्दोलनका कार्यक्रम एक हप्ताका लागि स्थगित गरेको छ ।
साउन १६ गतेदेखि प्रदेशको प्रदेश सभा तथा मुख्यमन्त्री कार्यालयमा शान्तिपूर्ण धर्ना दिइरहेका उनीहरुले शुक्रबारबाट एक हप्ताका लागि आन्दोलन स्थगित गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
प्रदेश ७ का सामाजिक परिचालकहरुले मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल र सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीसँगको मौखिक सहमतीमा सात दिनका लागि आन्दोलन स्थगित गरेको आन्दोलन परिचालन समितिका संयोजक माधवप्रसाद जोशीले बताए ।
उनले मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री सोडारी र प्रमुख सचिव पौडेलले वार्तामा बोलाएर स्थानिय तहमा सामाजिक परिचालक आवश्यक रहेकाले कामको उच्च कदर गर्दै सामाजिक परिचालकहरुलाई व्यवस्थापन गर्न निर्देशन दिने मौखिक सहमतीपछि आन्दोलन स्थगित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार