१२ श्रावण २०८१, शनिबार

गाई करणीको आरोपमा युवक पक्राउ



जानकी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ खरगुहारका एक युवक गाईलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
२१ वर्षका विकास चौधरीलाई लम्कीचुहा नगरपालिका वडा नम्बर २, मोतिपुरका पदमबहादुर बुढाले बुधबार राति गाई करणी गरेको आरोपमा नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज, प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले विकास विरुद्ध गाई करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको बताए ।
पक्राउ परेका विकास ट्याक्टर चालक रहेको बताइएको छ । प्रहरी निरीक्षक जोशीले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली चलान गरिएको बताए । गाईमालिक पदमले अभियुक्त विकासले लामो समयदेखि गाई करणी गर्दै आएको र बुधबार राती गोठमा कुरेर बस्दा रंगेहात पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए ।
विकास सुस्त मनस्थिति र एचआईभी एड्स संक्रमित रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार