१२ श्रावण २०८१, शनिबार

मिस फारवेस्ट २०१८ हुँदै



धनगढी । कैलालीमा मिस फारवेष्ट–२०१८ सञ्चालन हुने भएको छ । रोयल कोलाबरेशन नेपालको आयोजनामा भदौ २० गतेदेखि असोज १९ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने र असोज २० गतेसमापन गरिने आयोजक संस्थाका इभेन्ट संयोजक देवेन्द्र जोशीले बताए ।
प्रतियोगिताको बारेमा जानकारी दिँदै बुधबार धनगढीमा आयोजित कार्यक्रममा संयोजक जोशीले प्रतियोगिताका लागि भदौ ७ गतेदेखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा अडिसन सञ्चालन गरिने बताए ।
प्रतियोगितामा पूर्व मिस नेपाल सुगारिका केसी, गायक कालीप्रसाद बास्कोटा, अन्नपूर्ण शर्मा, हेमराज विसी, पूर्व ओलम्पियन दीपक विष्ट र निलम चन्दले निर्णयाकको भूमिका निर्वाह गर्ने छन् ।
१६ देखि २५ वर्ष उमेर समूहका महिलाले प्रतियोगितामा सहभागिता जनाउन सक्ने र प्रतिव्यक्ति पाँच सय रुपैयाँ फाराम शुल्क निर्धारण गरिएको संयोजक जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई स्कुटर, द्वितीय हुनेलाई ५० हजार, तृतीयलाई २५ हजारका साथै अन्य सहभागिताका अवसर पनि प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुनेलाई नगद १० हजार र पाँच हजार बराबरको गिप्ट हेम्पर प्रदान गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार