१२ श्रावण २०८१, शनिबार

आन्दोलन जारी



धनगढी । प्रदेश सातको सामाजिक परिचालकहरू तथा महिला अधिकारकर्मीहरूले आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
सामाजिक परिचालकहरूले ‘स्थानीय तहका वडाहरूमा एक पटकका लागि उमेरको हदबन्दी नलगाई योग्यताका आधारमा दरबन्दी कायम गरी कर्मचारी समायोजन गर्न’ माग गर्दै उनीहरूले बुधबार दवाव र्‍याली निकालेका छन् ।
धनगढीको ट्राफिक चौराहबाट शुरु भएको र्‍याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर धर्ना तथा कोण सभामा परिणत भएको थियो ।
आन्दोलन परिचालक समितिका संयोजक माधव जोशीले आन्दोलनलाई सशक्त रूपमा अघि बढाएको बताए ।
त्यस्तै, कैलालीका महिला अधिकारकर्मीहरूले बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन् ।
बलात्कारीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम अघि सारेका अधिकारकर्मीहरूले आन्दोलन स्वरूप मन्त्रालयमा धर्ना दिए ।
बलात्कार घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने, घटनाको सहि तरिकाले अनुसन्धान गर्नुपर्ने, अपराधलाई हदैसम्मको कारवाही र पीडितलाई न्यायको व्यवस्था गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म दवाव स्वरूप आन्दोलनलाई थप कडा बनाउँदै लगिने अधिकारकर्मी सावित्रा घिमिरेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार